Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासको अनुरोध

बुधबार, साउन २३, २०८१

 काठमाण्डौ – केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले बेलायतमा रहेका एवम् बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई प्रदर्शन र हुलदङ्गा भएको ठाउँमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको हो ।

लन्डनमा रहेको नेपाली राजदूतावासले हिजो एक सूचना निकालेर बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ । साथै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवम् स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरूलाई ध्यानपूर्वक पालना गर्न अनुरोध गरेको छ ।

साथै आपतकालीन अवस्थामा नेपाली राजदूतावासको फोन नम्बर ±44-0_2072291594, ±447404939274 / Email:info@nepembassy.org.uk, eon@nepembassy.org.uk मा सम्पर्क गर्न अनुरोध गरेको छ । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्