Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेलायतमा शरण नपाउँदासम्म हसिना भारतमै बस्ने

बुधबार, साउन २३, २०८१

नयाँ दिल्ली - पूर्व बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना बेलायतमा शरण नपाउँदासम्म भारतमै बस्ने भएकी छिन् । रिपब्लिक टिभीको समाचारलाई उद्धृत गर्दै बङ्गलादेशको अङ्ग्रेजी भाषाको दैनिक द डेली स्टारले समाचार लेखेको छ ।


हसिना अन्यत्र नजाँदासम्म भारतले उनका लागि सबै लजिष्टिक टेवा उपलब्ध गराउने पनि समाचारमा भनिएको छ । हसिनालाई भारतले सुरक्षित स्थानमा राखेको छ । यतिबेला भारतको हवाई बल र अन्य सुरक्षा एजेन्सीहरूले हसिनालाई सुरक्षा दिइरहेको अज्ञात स्रोतलाई उद्धृत गरेर एएनआईले समाचार छापेको छ ।


दिल्लीमा हसिनाले आफ्नो छोरीलाई भेट्न सक्ने बताइएको छ । हसिनाकी छोरी साइमा वाजिद दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक हुन् ।


 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्