UPDATE : दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकोप्टरमा चार जना सवार थिए
काठमाडौं– रसुवाका लागि उडेको र बेपत्ता भएको एयर डाइनेस्टीको ९एन–एजेडी हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएको छ।
१ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको हेलिकोप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानको जंगल क्षेत्रमा दुर्घटना भएको प्रहरी स्रोतले जनाएको छ।
हेलिकोप्टर बेपत्ता भएको पुष्टिचाहिँ प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले गरेका थिए।
रसुवाको स्याफ्रुबेसी उडेको हेलिकोप्टर नुवाकोट शिवपुरी– ७ सूर्यचौर क्षेत्रमा दुर्घटना भएको र त्यहाँ आगो बलिरहेको भन्ने प्रहरीले उल्लेख गरेको छ।
अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको छ। त्यसमा चार जना सवार थिए।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १५:१२
प्रतिक्रिया दिनुहोस्