Nic Ad Nic Ad
Nic Ad Nic Ad

उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको थियो एयर डाइनेस्टीको हेलिकप्टर

बुधबार, साउन २३, २०८१

काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा ५ जना सवार रहेको बताइएको छ । 

काठमाडौंबाट रसुवा स्याफ्रुबेशीका लागि उडेको उक्त हेलिकप्टर एयरपोर्टबाट उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । हेलिकप्टर अरुण मल्लले उडाउका थिए । जसमा चार चिनियाँ सवार रहेको बताइएको छ ।

यसैबीच नेपाली सेनाको उद्धार टोली पनि घटनास्थलतर्फ पठाइएको छ ।

451476218_515734251032527_3622078233331266863_n-1723024148.jpg
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्