हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव संकलन गरिँदै
काठमाडौं- शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु भएको पुष्टि भएको छ । घटनास्थलमा रहेका शिवपुरी गाउँपालिका ७ सूर्यौचरका वडाध्यक्ष वीरबहादुर तामाङले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको बताए ।
घटनास्थलबाट तामाङले भने, ‘हामी सबै जम्मा भइसक्यौं । यहाँ ५ जनाको शव छ । अहिले शवहरू जम्मा गरिरहेका छौं ।
स्थानीयबासीले उक्त डाँडामा धुँवा देखेपछि खबर गरेको नेपाल प्रहरीले बताएको छ । घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकालेको छ ।
उनले हेलिकप्टरमा अहिले पनि आगो लागिरहेको सुनाए । काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको उक्त हेलिकप्टर अरुण मल्लले उडाएका थिए । हेलिमा अरु ४ जना यात्रु चिनियाँ थिए ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १६:२३
प्रतिक्रिया दिनुहोस्