Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस केन्द्रीय समितिमा एक सय दिने सांगठनिक अभियान चलाउने प्रस्ताव

बुधबार, साउन २३, २०८१

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महान्मन्त्री गगन थापाले एक दिने सांगठनिक अभियान चलाउने प्रस्ताव गरेका छन् । बुधबार सुरु भएको बैठकमा महामन्त्री थापाले भदौ १५ देखि मंसिर २५ सम्म सांगठनिक अभियान चलाउने प्रस्ताव दर्ता गराएका हुन् ।

त्यसका साथै महामन्त्री थापाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको सहमतिमा पनि छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् । अनुशासनको कारबाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानमा पदपूर्ति, जनसम्पर्क समिति लगायतमा पनि छलफल गर्नुपर्ने उनको प्रस्ताव छ ।

भ्रातृ संघ, शुभेच्छुक संस्था, निर्देश समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण, नवीकरण प्रक्रिया सम्बन्धमा पनि थापाले प्रस्ताव गरेका छन् ।

त्यसका साथै नियमावली संशोधन प्रस्ताव, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका २०८१ लगायत विषय पनि थापाको प्रस्तावमा छन् ।

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्