Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरका कर्मचारीको जिम्मेवारी हेरफेर, अधिकृतहरूको पदस्थापन

बुधबार, साउन २३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो सिनियर कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

महानगरपालिकाको दसौँ तहका अधिकृतहरूको जिम्मेवारी हेरफेर र बढुवा भएर महानगरपालिकामा सिफारिस भएर आएका नवौँ तहका अधिकृतहरूलाई पदस्थापन गरेको हो ।यस अघि खरिद एकाइ प्रमुख रहेका नमराज ढकाल प्रशासन विभागमा प्रमुखको जिम्मेवारीमा गएका छन् । प्रशासन विभागबाट राजस्व विभागको जिम्मेवारीमा दीपक अधिकारी गएका छन् ।

ध्रुवकुमार काफ्लेलाई सहकारी विभाग, बलराम त्रिपाठीलाई अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र रविनमान श्रेष्ठलाई मनोहरा जग्गा एकीकरण आयोजनामा प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि उनीहरू क्रमशः राजस्व विभाग, सहकारी विभाग, खरिद एकाइ र वातावरण व्यवस्थापन विभागमा प्रमुखको जिम्मेवारीमा थिए ।

यसअघि प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत सरिता राईलाई वातावरण व्यवस्थापन विभागमा निमित्त प्रमुखको जिम्मेवारी दिइएको महानगरले जनाएको छ ।

बढुवा भएर आएकालाई पदस्थापना
विभिन्न पालिका र प्रदेशबाट बढुवा र काज सरुवा भएर आएकाहरूको पनि काठमाडौं महानगरले पदस्थापना गरेको छ ।

धनबहादुर बस्नेतलाई सहरी योजना आयोगको सचिवालय प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि सचिवालय प्रमुखका रूपमा कार्यरत सरस्वती पोखरेललाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । बस्नेत यसअघि धुलिखेल नगरपालिका काभ्रेमा कार्यरत थिए ।

हरिबहादुर पाटा मगरलाई न्याय प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि गंगाजमुना गाउँपालिका धादिङमा कार्यरत थिए । दक्षिणकाली नगरपालिकाबाट आएका दीपककुमार के. सी. लाई स्वास्थ्य विभागमा प्रमुखको जिम्मेवारी दिइएको छ ।

भीमेश्वर नगरपालिकाबाट बढुवा भएर काठमाडौं आएका जगदीश अर्याललाई विपद् व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । यस्तै समीक्षा निरौलालाई सामाजिक विकास विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत थिइन् ।

रामरतन शाहलाई खरिद एकाइको प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि ललितपुर महानगरपालिकामा कार्यरत थिए । ललितपुरबाटै आएका हरिश्चन्द्र लामिछानेलाई सहरी व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै राजेश्वरी शाहीलाई एकल सेवा केन्द्र प्रमुखको जिम्मेवारी तोकिएको छ । उनी यसअघि हेटौँडा उपमहानगरपालिकामा कार्यरत थिइन्, उनी काजमा काठमाडौँ महानगरपालिका आएकी हुन् ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्