हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम हुने
काठमाडौँ- एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरु हुने भएको छ ।
सुरक्षा टोलीले शव संकलन गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजान लागिएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार सामान्यता पोस्टमार्टम कार्यालय समयमा गरिन्छ ।
विभागका अनुसार प्रहरीबाट शवको मुचुल्का प्राप्त भएपछि पोस्टमार्टमको काम सुरु गरिने छ । अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर, यस्तो विपदमा शव पहिचानको लागि मात्रै पोस्टमार्टम गरिन्छ ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १९:३६
प्रतिक्रिया दिनुहोस्