Nic Ad Nic Ad
Nic Ad Nic Ad

टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा ‘ओभरसुट’

बिहीबार, साउन २४, २०८१

काठमाडौँ - स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । 

फ्लाइट राडरका अनुसार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । 

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्