Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालमा लगानी बढाउन बिम्स्टेक देशका निजी क्षेत्रका लगानीकर्तासँग आग्रह

बिहीबार, साउन २४, २०८१

काठमाडौं – नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० देशका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गरेको छ ।

भारतको नयाँदिल्लीमा भएको मन्त्रीस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्षेत्रीय मूल्य श्रृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पुर्याउन तथा सहयोग बढाउन आग्रह गरेका हुन् । 


सुदृढ क्षेत्रीय सहयोगले अर्थतन्त्रको पूर्ण क्षमतालाई केही सुधार गर्न, थोरै रोजगारी सिर्जना गर्न र नागरिकको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्नसक्ने मन्त्री भण्डारीको भनाइ छ । उहाँले काठमाण्डौमा भएको तेस्रो लगानी सम्मेलनमार्फत लगानी र व्यवसायसँग सम्बन्धित प्रक्रिया सुव्यवस्थित र समग्र प्रक्रियालाई सरलीकृत गरिएको जानकारी दिए । 

नेपाल प्रचुर प्राकृतिक स्रोत, लाभदायक स्थान, विविध सांस्कृतिक सम्पदा, अनुकूल जलवायु र बढ्दो प्रतिस्पर्धात्मक मानव पुँजीले सम्पन्न रहेको उल्लेख गर्दै उहाँले यी सबै कारणले नेपालमा लगानी र व्यापारका लागि अवसर रहेको बताए ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिम्स्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेका छन् । नयाँदिल्लीमा भएको बिम्स्टेक बिजनेस समिट २०२४ मा उहाँले बिम्स्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् ।  

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्