Nic Ad Nic Ad
Nic Ad Nic Ad

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक : आज समितिबाट पारित गर्ने र २९ गते प्रतिनिधिसभामा पेस गर्ने तयारी

बिहीबार, साउन २४, २०८१

काठमाण्डौ – बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामाबाट पारित हुने प्रक्रियामा पुगेको छ ।

विधेयकका सम्बन्धमा नमिलेका चार वटा विषयमा कार्यदलले गरेको सहमतिलाई शीर्ष नेतृत्वले अनुमोदन गरेसँगै १७ महिनादेखि प्रतिनिधिसभामा विचाराधीन विधेयक पारित हुने प्रक्रियामा जान लागेको हो ।

विधेयकलाई निष्कर्षमा पुर्‍याउन प्रतिनिधिसभाको कानुन तथा मानवअधिकार समितिको बैठक आज बस्दैछ । समितिमा १५ महिनादेखि विचाराधीन रहेको विधेयकलाई आजै संशोधनसहित पारित गर्ने र आउँदो २९ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी छ ।

कार्यदलले मानव अधिकारको गम्भीर उल्लङ्घनको परिभाषा, मेलमिलापका लागि स्वतन्त्र सहमति हुन नसकेका घटना, सशस्त्र द्वन्द्वमा जोडिएका तथा प्रभावित व्यक्तिहरू र ज्यान गुमाएका, घाइते तथा अपाङ्गता भएका सुरक्षाकर्मी वा उनीहरुका परिवारलाई परिपूरण र घटी सजायको मागदाबीको विषयमा सहमति जुटाएको हो ।

विधेयकका अरु विषयमा कानुन समितिकै उपसमितिले सहमति जुटाएर १५ वटा संशोधनसहित प्रतिवेदन मुल समितिलाई बुझाइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस्