Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य

बिहीबार, साउन २४, २०८१

 काठमाण्डौ – यही साउन ८ गतेदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । तत्कालीन विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमालेलगायतले नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका थिए । 

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश  प्रमुखले गएराति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेको  प्रदेशसभा सचिवालयले जनाएको छ । अधिवेशन अन्त्यसँगै सरकारलाई अध्यादेशमार्फत चालु आर्थिक वर्षका लागि बजेट ल्याउन सक्ने बाटो खुलेको छ ।

गएको असार १ गते तत्कालीन सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न गरिएको ढिलाइले बजेट पारित हुन सकेको थिएन । सत्तासमीकरण फेरिएसँगै असार २३ गते नेकपा ९एमाले० सरकारबाट बाहिरिएपछि प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो । जसका कारण साउन १ गतेदेखि प्रदेश सरकार मातहतका निकायको राजस्व सङ्कलन र खर्च गर्ने काम ठप्प छ ।

मुख्यमन्त्री शाहले बजेट शून्यताको अवस्थालाई संविधान र कानुनअनुसार तत्काल हटाएर राजस्व सङ्कलनको अवस्था सिर्जना गर्ने पहल गर्न लागिएको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्