Nic Ad Nic Ad
Nic Ad Nic Ad

लगानीकर्ताको गुनासो सम्बोधन गर्न ब्रोकर कम्पनीहरुलाई नेप्सेको निर्देशन

बिहीबार, साउन २४, २०८१

काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लगानीकर्ताको गुनासो सम्बोधन गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ ।

धितोपत्र कारोबार सञ्चालन तथा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)सञ्चालन सम्बन्धी जिज्ञासा तथा सञ्चालनका क्रममा लगानीकर्ताहरुले भोगेका विभिन्न समस्या एवम् गुनासाहरुबारे सम्बोधन गर्न नेप्सेले निर्देशन दिएको हो ।

नेप्सेले विज्ञप्ति निकालेर लगानीकर्ता तथा सरोकारवालाहरुबाट टीएमएस सम्बन्धी विभिन्न गुनासाहरु प्राप्त भएकाले त्यस्ता समस्यालाई यथाशिघ्र समाधान गर्न र यसका लागि प्रबन्ध मिलाउन भनेको छ ।

पछिल्ला दिनहरूमा नेप्सेको घटबढ भइरहे पनि धेरै रकमको कारोबार हुँदै आएको छ । अस्ति मङ्गलवार इतिहासमै सबैभन्दा धेरै गिरावट बेहोरेको शेयर बजार हिजो फेरि बढेको छ ।

वित्तीय अवस्था राम्रो नभएका कम्पनीहरूको पनि शेयर मूल्य आधारबिनै बढेको हुनाले हल्लाको पछि नलागी कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग विश्लेषण गरेर मात्र लगानी गर्न विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्