Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिन्दू अल्पसंख्यक निशानामा पारिरहेको हिंसालाई बंगलादेशको अन्तरिम सरकारले मत्थर बनाउला?

बिहीबार, साउन २४, २०८१

काठमाडौं– प्रधानमन्त्री शेख हसिना नै भाग्नुपर्नेगरी भएको बंगलादेशको हिंसामा अहिले हिन्दू अल्पसंख्यक निशानामा परेका छन्। केही मन्दीर जलाइए पनि त्यहाँको समुदायका अगुवाले त्यसलाई रोक्नका लागि कोशिश गरिरहेका विवरण क्यानडानेपालले प्राप्त गरेको छ। 

तथापी ८.२ प्रतिशतमा रहेका हिन्दू अल्पसंख्यकमाथिका दुव्र्यवाहार र आक्राण कम भएका छैनन्। सामाजिक सञ्जाललगायतमा आएका भिडिओ विवरणहरूले पनि यसलाई खुलस्त पार्दछ। 

यसबीच बंगलादेशमा अन्तरिम सरकार गठन भइसकेको छ। 

अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले शपथ ग्रहण गर्दैछन् । उनले आजै सल्लाहकार परिषद् पनि गठन गर्नेछन्।

उनले बुधबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशवासीलाई शान्त रहन र देश बनाउन एकजुट हुन अपिल गरेका छन्। 

‘म सबैलाई शान्त रहन अपिल गर्दुछ। कृपया सबै प्रकारका हिंसाबाट टाढै रहनुहोला’ युनुस सेन्टरबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक सबै व्यक्तिलाई शान्त रहन आह्वान गर्दछु। यो हाम्रो सुन्दर देशमा धेरै राम्रा सम्भावनाहरु छन्, हामीले यसको रक्षा गर्नुपर्छ। हाम्रो लागि र हाम्रो नयाँ पिंढीका लागि एक अद्भुत देश बनाउनुपर्दछ।’

बंगलादेशमा हिन्दूमाथि भइरहेको निशानाबाजीबारे भारतीय अधिकारीहरूले चासो देखाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीसहित गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकरको बैठक यहि विषयलाई लिएर भएको मिडिया रिपोर्टमा उल्लेख छन्। 

हसिनाको शासनमा मात्र हिन्दूहरुको सुरक्षा रहेको भन्ने ठहर गर्दै भारतले बंगलादेशको अशान्त स्थिति र घटनाक्रमलाई नजिकबाट नियाँलेको विदेशमन्त्री जयशंकरले सदनमा नै बताएका थिए।
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्