Nic Ad Nic Ad
Nic Ad Nic Ad

टीआरसीबारे संसदीय समितिमा छलफल, आजै संसदमा पठाउने तयारी

बिहीबार, साउन २४, २०८१

काठमाडौं - संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि संसदीय समितिमा बिहीबारदेखि छलफल सुरु हुने भएको छ ।
प्रतिनिधिसभा अन्तर्गत कानुन न्याय तथा मानव समितिमा लामो समयदेखि रोकिएको विधेयकमा आजदेखि दफावार छलफल सुरु हुन लागेको समितिकी सभापति विमला सुवेदीले बताइन् ।

यसअघि उपसमितिले दिएको प्रतिवेदन र शीर्ष नेताहरूका बिच भएको सहमतिको मस्यौदामाथि छलफल हुनेछ । पसमितिको प्रतिवेदन र तीन दलीय संयन्त्रले टुंग्याएका विषयहरूलाई समावेश गर्दै समितिले ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक’लाई अनुमोदन गर्ने तयारी गरिएको छ ।

समितिले उपसमितिमा भएका सहमतिसहित विधेयकको प्रारूप मिलाउने अनि त्यसलाई दफावार छलफल गरेर आजै पास गर्ने तयारी गरेको छ । सभापति सुवेदीका अनुसार समितिले पास गरेपछि विधेयक अर्को संसद् बैठकमा पेस हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक साउन २९ गते बस्दैछ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्