Nic Ad Nic Ad
Nic Ad Nic Ad

६ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ

बिहीबार, साउन २४, २०८१

जलेश्वर - भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा महोत्तरीबाट दुई भारतीय नागरिक पक्राउ परेका छन् ।


बुधबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजासहित विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्