पर्यटनमन्त्रीद्वारा हेलिकोप्टर दुर्घटनास्थल निरीक्षण
काठमाडौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना स्थलको निरीक्षण गरेका छन् ।
बिहीबार बिहान मन्त्री पाण्डेसँगै मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतले नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्य चौर पुगेर हेलिकोप्टर दुर्घटना स्थलको निरीक्षण गरेका हुन् ।
मन्त्री पाण्डे बुधबारै दुर्घटना स्थलमा जाने तयारीमा थिए । तर, हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय भएकाले सम्भव नभएको उनको सचिवालयले जनाएको छ ।
बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली पाइलट र चार चिनियाँ नागरिक गरी पाँच जनाको मृत्यु भएको थियो ।
उनीहरूको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पोस्टमार्टम गर्ने तयारी भएको छ ।
दुर्घटनास्थल निरीक्षण पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बद्रीप्रसाद पाण्डे मन्त्री संस्कृति हेलिकोप्टर दुर्घटना
।