Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी हिंसाबारे कांग्रेसको दस्ताबेज झन् कठोर, केन्द्रीय समितिमा के पेश भयो?

बिहीबार, साउन २४, २०८१

काठमाडौं– नेपाली कांग्रेसले माओवादी केन्द्रको हिंसात्मक युद्धबारे झन कठोर टिप्पणीसहितको दस्ताबेज केन्द्रीय समितिमा पेश गरेको छ। 

महासमितिको बैठमा नै माओवादी हिंसाको विषयमा दस्ताबेजमा प्रश्न उठ्दा सत्ता समीकरणमा रहेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका थिए। यति मात्र होइन एमालेसँगको सत्ता सहकार्य सुरु गरेपपिछ त्यो विषयलाई प्रचण्डले सदनमा कडा भनाईका साथ कांग्रेससँगको समीकरण टुटाउनुपर्ने मुख्य मध्यको कारण नै बताएका थिए।

उपसभापति पूर्णबहादुर खड्काले त्यस्तो प्रस्ताव केन्द्रीय समितिको बैठकमा राखेका थिए। 

उनको प्रस्तावमा भनिएको छ,‘२०४६ सालको जनआन्दोलनबाट पराजित भएको दक्षिणपन्थी शक्ति र तत्कालीन उग्रवामपन्थीहरूले नेपाली कांग्रेसको नेतृत्वमा भएको आर्थिक विकास तथा उन्नति यात्राको प्रस्थान पटक्कै रुचाएनन्।’

खड्काको प्रस्तावले अगाडि भनेको छ,‘सशस्त्र हिंसाको राजनीति शुरू भयो। दृश्य÷अदृश्य शक्तिको आडमा २०४७ सालको संविधान र संवैधानिक व्यवस्थाविरुद्ध प्रहारहरू भए। सशस्त्र द्वन्द्वका कारण देश फेरि अर्को दलदलको भासमा फस्न पुग्यो। तात्कालीन राजा संविधानले तोकेको राजनीतिक सीमा उल्लंघन गर्ने तर्फ अभिप्रेरित भए।’

२०५९ पछि त तत्कालीन राजाले निरंकुश शासनको अभ्यास शुरू गरेको स्मरण गरिएको दस्ताबेजमा विकास र समुन्नतिको यात्रा अवरुद्ध भएको, विकासका संरचना भत्काइएको, लोकतन्त्रमाथि प्रहार गरेको किटान गरिएको छ।

माओवादीबारे महासमितिले बनाएको दस्ताबेजमा कुनै फरक या परिमार्जित बुँदा छैनन्। महामन्त्री गगन थापाले पनि केन्द्रीय समितिमा लगेको विचारमा खासै परिवर्तन गरिएको छैन। 
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्