जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
काठमाडौँ- जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७ मापन भएको छ ।
भूकम्पको केन्द्र दक्षिण पश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरूको भनाइ छ ।
जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन । बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन ।
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१ १४:५६
प्रतिक्रिया दिनुहोस्