Nic Ad Nic Ad
Nic Ad Nic Ad

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : मृतकको शव परीक्षण थालियो

बिहीबार, साउन २४, २०८१

काठमाडौँ -नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी छ । चिनियाँ नागरिकको शव परीक्षणका लागि नेपाल स्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको व्यवस्थापक पण्डितले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्