Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

बिहीबार, साउन २४, २०८१

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले विभिन्न १४ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्ब गुरुङले २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा निर्णय गरेको जानकारी दिए ।

samridhi jewllers

मन्त्री गुरुङले नुवाकोटको शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेलिकोप्टर दुर्घटना भएकाले सोको जाँच गरी कान सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय बैठकले गरेको बताए ।

यसै गरी नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एक जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्