Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बिहीबार, साउन २४, २०८१

काठमाडौँ- जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ ।

एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिण पश्चिम क्षेत्रको क्युशु रहेको छ । भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरूको भनाइ छ ।

 

यद्यपि भूकम्पले पुर्याएको क्षति विवरण भने आइसकेको छैन ।

 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्