विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई नहटाउन सर्वाेच्चकाे अन्तरिम आदेश
काठमाण्डाै – सर्वोच्चले अदालतले विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाउने निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आचार्य र पुनलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।
सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुई जना सञ्चालकलाई पदमुक्त गरेका थिए । पदबाट हटाइएपछि उनीहरू सर्वोच्च पुगेका थिए।
सरकारले गएको आइतवार आचार्य र पुनलाई हटाएर उहाँहरूको ठाउँमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो । आचार्य र पुनले उद्योगमा लाइन जोड्ने विषयमा असहमति जनाउँदै आएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१ १८:४१
प्रतिक्रिया दिनुहोस्