Nic Ad Nic Ad
Nic Ad Nic Ad

हवाई क्षेत्रकाे सुधारका लागि विज्ञहरूको समिति बनाउन सरकारलाई संसदीय समितिकाे निर्देशन

बिहीबार, साउन २४, २०८१

 काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको हवाई उड्डयन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सिफारिश गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

एअर डाइनेस्टीकाे हेलिकप्टर दुर्घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बसेको बैठकले सरकारलाई विज्ञहरूको समिति बनाउन निर्देशन दिएको हो । पछिल्लो समयमा निरन्तर भइरहेको हवाई दुर्घटनाका विषयमा दुर्घटनापिच्छे नै छानबिन समिति बन्ने गरेका भए पनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गइरहेको देखिएकाले स्वतन्त्र समितिको आवश्यकता देखिएको संसदीय समितिले जनाएको छ ।

त्यसैगरी बैठकले हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवम् कार्यदलमार्फत पेश भएका अध्ययन, अनुसन्धानमूलक प्रतिवेदनहरू के, कुन अवस्थामा रहेका छन् भन्ने जानकारीसहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्