Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज कोशी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा

शुक्रबार, साउन २५, २०८१

काठमाडौं - आज कोशी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा छ । कोशीमा आदिवासी जनजाति दिवसको अवसरमा र कर्णालीमा नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा साउन २५ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

यस्तै, कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्