Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागपञ्चमीमा नागको पूजाआजा गर्ने श्रद्धालुहरूको बिहानै देखि भीड (फोटोफिचर)

शुक्रबार, साउन २५, २०८१

काठमाडौँ - श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ।

यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ। नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूलढोकामा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गरिन्छ।

 

नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

 सोही अवसरमा आज राजधानीको नक्साल नागपोखरी, ललितपुरको नाग दह र भक्तपुरको नाग पोखरीमा पूजाआजा गर्ने श्रद्धालुहरूको बिहानै देखि भीड लागेको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्