Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

शुक्रबार, साउन २५, २०८१

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा बुधबार प्रस्तुत ११ वटा विभिन्न प्रस्तावहरूमाथि केन्द्रीय सदस्य, पार्टी प्रदेश प्रमुखहरूले आफ्ना धारणा राख्नेछन् । साथै, समसामयिक राजनीतिक विषयहरूमा पनि नेताहरूले आफ्ना धारणा राख्ने बताइएको छ । बैठक साउन २८ गतेसम्म सञ्चालन हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्