Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

शुक्रबार, साउन २५, २०८१

काठमाडौं - संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अुनसार कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने भएको हो ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफल हुनेछ ।


विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल हुने कार्यसूची छ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्