कमलादीको सडक भासियो
काठमाडौँ - काठमाडौँ महानगरपालिका अगाडिको कमलादी सडक भासिएको छ ।
सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको छ ।
यो सडकले दरबार मार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ १०:५७
प्रतिक्रिया दिनुहोस्