Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशमा आन्दोलनकारीले हर्कत गरे, नेपालमा सञ्चारकर्मीले देखाएका थिए

शुक्रबार, साउन २५, २०८१

काठमाडौं– अहिले सामाजिक सञ्जालमा बंगलादेशको आन्दोलनकारीले गरेका हर्कतका भिडिओ भाइरल छन्। उनीहरूले देश छाडेर भागेकी प्रधानमन्त्री रहेकी तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाको सरकारी निवासभित्र पसेर गरेका हर्कत भिडिओमा पर्याप्त देखिन्छ। 

कसैले हसिनाको सारी लगाएका तथा लिएर हिँडेकादेखि अनेक प्रकारका भिडिओ छन्। प्रधानमन्त्री निवासमा रहेको टेलिभिजन, कुर्सी, सोफा, फ्रिज लिएर आन्दोलनकारी घर फर्किएका पाइन्छन्। 

यहाँसम्मकी शेख हसिनाको भित्री बस्त्र मात्र होइन प्रधानमन्त्री निवासमा रहेका हाँस, कुखुरादेखि खसी बाख्रासम्म आन्दोलनकारीले लिएर हिँडेका भिडिओ छन्। 

आरक्षणका सवालमा विद्यार्थीले गरेको आन्दोलन चर्किँदै जाँदा भएको यो तहसम्मको राजनीतिक परिवर्तनबीच अमानवीय र अमर्यादित काम भएको देखिन्छ। 

नेपालमा पनि गणतन्त्र घोषणा भएपछि राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्दा यो तहसम्मको हर्कत नभए पनि यस्तै प्रकारका गतिविधि भएका थिए। तर नेपालमा जनताले नभई सञ्चारकर्मीले यस्तो काम गरेको पाइएको थियो। 

नारायणहिटीमा राजा ज्ञानेन्द्रले पत्रकार सम्मेलन गरी आफू देश नछाड्ने तर दरबारबाट भने बहिर्गमन भएको जानकारी दिएका थिए। सो क्रममा गरिएको पत्रकार सम्मेलन सकिएपछि नारायणहिटीमा राजा बसेको कुर्सीदेखि दरबारभित्रका विभिन्न सौखिन सामग्रीमा सञ्चारकर्मीहरुले अमर्यादित गतिविधि गरेका थिए। 

यो चर्चाको विषय भएको थियो। सञ्चारकर्मी ऋषि धमलादेखि अनेकले यस प्रकारको गतिविधि गरेका थिए। ‘हामीले पछि टेलिभिजनमा गतिविधि देख्यौं, यस हिसाबको काम र उत्तेजना एउटा बौद्धिक पेशामा हुनु राम्रो थिएन। यसमा राजाले केही टिप्पणीचाहिँ गरेनन्’, ज्ञानेन्द्रका सचिवालयका एक जना भन्छन्,‘नेपाली जनता निक्कै संयम र मर्यादित छन् भन्ने कुराको आभाष अहिलेको बंगलादेशको स्थिति देख्दा भयो। तर, आवेग र उत्तेजनामा हुने यसप्रकारका गतिविधि नयाँचाहिँ होइनन्।’

बंगलादेशमा भने विभिन्न ठाउँमा भौतिक संरचना भत्काइएका पनि छन्। नेपाल र बंगलादेशमा भएको एउटा समानताचाहिँ के हो भने यहाँ राजाका प्रतिमाहरू भत्काउने काम भए भने त्यहाँ पनि स्वतन्त्रताका निम्ति योगदान दिएको भनिएका हसिनाका बुवाको प्रतिमा ढालिएन मात्र पिसाब सम्म फेरेका भिडिओ देख्न पाइन्छ। 

शेख मुजिबर रहमान पहिलो राष्ट्र प्रमुख समेत रहेका उनको प्रतिमा सबैतिर ढालिएका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्