Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्मला कुर्मीको हत्या आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरमा धर्ना

शुक्रबार, साउन २५, २०८१

काठमाडौँ- निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई मन्त्री बनाएको भन्दै माइतीघरमा धर्ना सुरु भएको छ । सत्ताधारी पार्टीले बादसाह कुर्मीलाई प्रदेश मन्त्री बनाई संरक्षण गरेको भन्दै रूबी खानको नेतृत्वमा आजदेखि माइतीघरमा धर्ना सुरु भएको हो ।

उनीहरूले निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाहलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याउनुपर्ने, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।

मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाएर दलहरूले संरक्षण गरेको भन्दै प्रदर्शनकारीले आलोचना गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्