Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्यार्थी आन्दोलन चर्किएपछि क्याम्पस प्रमुखले राजीनामा दिए

शुक्रबार, साउन २५, २०८१

बुटवल– रुपन्देहिको बुटवलमा विद्यार्थी आन्दोलन चर्किदा क्याम्पस प्रमुख राजिनामा दिन बाध्य भएका छन ।

बंगलादेशमा आरक्षणको बिषयलाई लिएर भएको आन्दोलनले ठूलो रुप लिएको थियो भने त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम ल्याउने क्रममा प्रधानमन्त्री केपि शर्मा वलिले रोकेको बिषयमा अखिल (क्रान्तिकारी) सहित ७ विद्यार्थी संगठनहरुले बिरोध स्वरुप आन्दोलन गरेका थिए  । उक्त आन्दोलन चर्किदै गएपछि क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले बिहिबार उपकुलपति समक्ष राजिनामा पेस गरेका छन ।

क्याम्पसमा अखिल (क्रान्तिकारी), अनेरास्वियु,अखिल समाजवादी,समाजबादी विद्यार्थी युनियन ,नेपाल समाजबादी विद्यार्थी युनियन,अखिल छैटौ र अखिल नेपाल विद्यार्थी युनियनले मँगलबारदेखि प्रधानमन्त्री केपि वलि कदमको बिरोध स्वरुप आन्दोलन थालेको अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसका अध्यक्ष शिव खबासले क्यानडा नेपाललाई बताएका छन ।

आन्दोलनरत विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला एमाले निकट अनेरास्वियुले फोडेको थियो भने ब्यानर पनि च्यातिदिएको थियो । यि बिषयहरुको सहमति गर्न सबै विद्यार्थी संगठनहरुको बैठक गर्ने भनिएको थियो जसमा नेविसंघ पनि उपस्थित थियो । बुधबार क्याम्पस प्रशासनले प्रहरी बोलाएर निर्दोष बिद्यार्थी माथी क्याम्पस प्रशासन भित्रै लाट्ठी चार्ज गरेको कुरामा आपत्ति जनाउदै क्याम्पस प्रमुखलाई नेविसंघले ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो तर क्याम्पस प्रमुख उपस्थित नभएपछि क्याम्पसमा तालाबन्दी गरेको नेविसंघका केन्द्रीय सदस्य प्रदिप घर्ती मगरले बताएका छन ।

बिहिबार क्याम्पस प्रमुखले राजिनामा दिएपछि नेविसंघले ताला आफै खोलेको थियो । क्याम्पस प्रमुखले भने अस्वस्थ भएको कारणले राजिनामा दिएको बताएका छन ।।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्