Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिरामीलाई निजी अस्पताल र क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशन

शुक्रबार, साउन २५, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो देखाएका छन् ।

स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा सिंहदरवारमा भएको छलफलमा उनले बिरामीलाई विना लाइन र झन्झट सहजपुरमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोधेका थिए ।प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे । उनले भने, ‘सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई निजी अस्पताल र क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’

बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले स्वास्थ्य बीमालाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गरे ।

छलफलमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, मुख्य सचिव लिलादेवी गडतौला, सम्बन्धित मन्त्रालयका सचिव लगायत सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्