विशेष अदालतको फैसलाबाट चित्त नबुझेका मुद्दा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
कमलप्रसाद खनालविरुद्ध गैर कानुनी लाभ लिई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा शुक्रबार पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
आयोगका अनुसार झुट्टा बिल भरपाई समावेश गरी खरिद नै नगरिएको सामानको ढुवानी बापत समेतको खर्च देखाई खर्च लिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा बिगो तीन लाख २६ हजार ४९७ रुपियाँ कायम गरी मुद्दा पुनरावेदन भएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ १७:३२
प्रतिक्रिया दिनुहोस्