Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान

शुक्रबार, साउन २५, २०८१

काठमाडौँ -सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान भएको छ ।

शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरेका हुन् ।


मियाँले पाँचौँ अधिवेशनको पहिलो बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सभाको पाँचौँ अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएर चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्