Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

शनिबार, साउन २६, २०८१

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्