Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘एग्रो पुलिङ’ गर्दै काठमाडौं महानगर

शनिबार, साउन २६, २०८१

 

काठमाडौं - काठमाडौं महानगरपालिकाले ‘एग्रो पुलिङ’ कार्यक्रम अन्तर्गत देशभरिका स्थानीय तहसँग सहकार्य गरेर काठमाडौंमा बजार व्यवस्थापन गर्ने भएको छ ।

स्थानीय प्रांगारिक कृषि उपजको उचित मूल्य सहितको बजार सुनिश्चित गर्न र काठमाडौंका उपभोक्तालाई सुपथ मूल्यमा स्वच्छ, सफा र सुरक्षित कृषि उपजहरू उपलब्ध गराउन ‘एग्रो पुलिङ’ कार्यक्रम कार्यान्वयन गर्न लागिएको सूचनामा उल्लेख छ ।

महानगरको आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रममा ‘एग्रो पुलिङ’ ल्याएको थियो । महानगरका अनुसार देशभरिका किसानहरू महानगरको एग्रो पुलिङ बजारमा आवद्ध हुन सक्नेछन् ।

एग्रो पुलिङमा किसानहरूले आफ्नो स्थानीय तहमा सम्पर्क गर्न तथा स्थानीय तहहरूले आफ्नो कार्यपालिकाको निर्णय सहित काठमाडौं महानगरमा सम्पर्क गर्न महानगरले जारी गरेको सूचनामा छ ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्