Nic Ad Nic Ad
Nic Ad Nic Ad

साढे ३१ हजार बालबालिका घरमुली

शनिबार, साउन २६, २०८१

काठमाडौं - देशभर साढे ३१ हजार बालबालिका घरमुलीको भूमिकामा रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ ।

तथ्यांक अनुसार अहिले नेपालमा ३१ हजार ५१२ जना बालबालिका घरमूलीको भूमिकामा देखिएका छन् । यो कुल बालबालिकाको संख्याको ०.४७ प्रतिशत हो  ।

परिवारमुली बालबालिकामध्ये ५३ प्रतिशत बालक र ४७ प्रतिशत बालिका रहेको देखिन्छ । प्रदेशबीच तुलना गर्दा बालिका परिवारमुली हुने परिवार सबैभन्दा कम मधेश र सबैभन्दा धेरै बागमतीमा रहेको छ ।

उता, संयुक्त परिवारको तुलनामा एकल परिवारमा बालबालिकाको संख्या बढ्दै गएको देखिएको छ । नेपालका एकल परिवारमा ५४.१ प्रतिशत र संयुक्त परिवारमध्ये ४५.९ प्रतिशत परिवारमा कम्तीमा एक जना बालबालिका रहेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्