Nic Ad Nic Ad
Nic Ad Nic Ad
बढुवामा विभेद

सरकारले चाहे रोकिन्न प्रहरीका रिक्त डीआईजी बढुवा, अन्याय सच्याउने अवसर छ

शनिबार, साउन २६, २०८१

काठमाडौं– नेपाल प्रहरीमा रिक्त रहेका दुई जना नायव महानिरिक्षक (डीआईजी) बढुवा सरकारले चाहेका खण्डमा प्रहरी ऐन र नियमावलीले नरोक्ने स्पष्ट छ। 

उमेर हदअनुसार सेवा निवृत्त भएका पोषराज पोखरेल र एआईजीमा भर्खरै मात्र पदस्थापन गरेका रामदत्त जोशीको स्थान अहिले रिक्त छन्।

असोज २२ गतेसम्म कार्य सम्पादन तथा मुल्यांकनको काम भएका कारण अहिले बढुवामा प्रधान कार्यालयको ध्यान नजाने बताइन्छ। यद्यपि तत्कालि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका गृहमन्त्री रवि लामिछानेले गरेको अन्यायलाई सच्याउन भने अहिलेको सरकारलाई प्रहरी ऐन र नियमावलीले कहिँ कतै पनि रोक्दैन। 

गएको जेठ ४ गते नेपाल प्रहरी प्रधान कार्यालयले चार जनालाई प्रहरी नायव महानिरिक्षक पदमा बढुवाको सिफारिस अनुसार निर्णय भइसकेको छ।

कृष्णहरि शर्मा, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीले डीआईजीको ओहदा सम्हालेर काम गरिरहेका छन्। 
तर उक्त बढुवाका क्रममा प्रहरीको एउटा ब्याच नै स्किप गरिएको थियो जसमा असन्तुष्टि रहेको बताइन्छ।  

२०५३ सालका अधिकृतहरूको मनोविज्ञान नै बिगार्नेगरी गरिएको बढुवा सिफारिस न्यायीक थिएन। २०५३ साल पुस ५ गते प्रहरी निरिक्षक (इन्स्पेक्टर)मा भर्ना भएकाहरूबाट एक जना पनि डीआईजीमा बढुवा नगरी एकै पटक २०५४ साल चैत १८ गते भर्ना भएकाहरूलाई डीआईजी बनाइयो।

०५३ सालको टोली राष्ट्रिय अनुसन्धान विभागबाट समायाजित भएर आएका हुन्। जसलाई संगठनभित्र पनि विभेद गरिँदै आएको छ। कतिसम्म भने उनीहरूलाई नमस्ते टोली समेत भन्ने गरिन्छ। 

तर कार्य सम्पादनमा भने अन्यभन्दा कम नरहेको स्पष्ट नै छ। 

यो टोलीले पनि १८ महिना प्रहरी आधारभुत तालिम र अरु उन्नत तालिम, युएन मिसनमा काम,  जिल्ला कमाण्ड सफलतापूर्वक सम्पन्न, इमान निष्ठापूर्वक दिइएको जिम्मेवारी पूरा गरेकै छ। 

तर २०५१ र २०५३ का सिनियर हुँदा हुँदै ३ बर्ष जुनियरलाई     बढुवा गरेर तत्कालीन सरकारले बिभेद र अन्याय गरेको स्पष्ट चित्र देखिन्छ। सिनियर र चेन अफ कमाण्ड जस्तो फौजी संरचनाको आत्मलाई तत्कालिन सरकारले बढुवाका क्रममा हत्या गरेको पनि टिप्पणी पूर्वअधिकारी बताउँछन्।

‘बढुवा गर्दा आफ्नो मान्छे सिनियर भएमा सिनियरबाट गर्ने यदि आफ्नो मान्छे जुनियर हुदा कार्य क्षमतामा राम्रो भन्ने भ्रम फैलाई बढुवा गर्ने गलत कार्य भएको छ’ प्रहरीका एक पूर्वएआईजी भन्छन्,‘  कार्य क्षमताकोको आधार केही बनाइएको छैन। कार्यक्षमताको आधार त चाकडी, नातागोता, पैसालाई बनाईएको छ।’

यो पनि पढ्नुहोस् 

संगठनभित्रै पेलिएको एउटा ब्याच, प्रतिस्पर्धामा अब्बल भए पनि प्रहरीभित्र गरिने विभेदको अन्तरकथा
 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्