Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्रोत नखुलेको २ लाख बढी रुपैयाँसहित भारतीय पक्राउ

शनिबार, साउन २६, २०८१

रौतहट- रौतहटमा स्रोत नखुलेको नेपाली दुई लाख बढी रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ बर्षीय रबिन्द्र कुमारलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गण गौरबाट खटिगएको मोबाइल गस्ती टोलीले बौधिमाई नगरपालिका ७ अरुवा खोला छेउ सिमावर्ती इलाकाबाट उनलाई पक्राउ गरेको हो ।

भारत बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ वर्षीय रबिन्द्रकुमार लाई २ लाख ११ हजार ८४० रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद रुपैयाँ र मोटरसाइकलको १ लाख ५० रुपैयाँ मूल्याङ्कनसहित इन्द्र कुमारलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्