Nic Ad Nic Ad
Nic Ad Nic Ad

आर्थिक विकास यो सरकारको पहिलो प्राथमिकता हो : उपप्रधानमन्त्री सिंह

शनिबार, साउन २६, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । 

उक्त कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी (श्रेष्ठ) र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुरजचन्द्र लामिछाने नियुक्त भएकामा उनीहरूलाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील रहेको बताए ।

राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उनले जनताले अनुभूत गर्ने गरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य हो भने। राष्ट्र र जनताका पक्षमा इमानदार भएर काम गर्ने प्रतिबद्धता पनि मन्त्री सिंहले व्यक्त गरे । 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्