Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

शनिबार, साउन २६, २०८१

काठमाडौं - बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्। उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका हुन्।

शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्