Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुर्खेत उडेको जहाज नेपालगन्ज बसेर काठमाडौं फर्कियो

शनिबार, साउन २६, २०८१

काठमाडौं– काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडान भरेको जहाज पुन: काठमाडौं फर्किएको छ । 

यसअघि मौसममा आएको खराबीका कारण सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।

मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुन: काठमाडौं फर्किएको यात्रु गोविन्द खड्काले बताए।

शनिबार बिहान फ्लाइट नम्बर U4 137 रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो ।

साे जहाज आज बिहान ११: १५ बजे उडान भएको थियो। 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्