Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने युवाहरु पक्राउ, सिंहदरबार वृत्तमा राखियो

शनिबार, साउन २६, २०८१

काठमाडौं- कुलमान घिसिङको समर्थनमा निकालिएको र्‍यालीमा सहभागि युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । बब्लु गुप्ता र हेमराज थापासहित आधा दर्जन युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

454036456_499138826173572_6319631737562741834_n-1723288281.jpg
 

घिसिङको समर्थनमा युवाहरूले माइतिघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका थिए । सोही क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सिंहदरबार वृत्तमा राखिएको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र नेपाल सरकारबिच देखिएको द्वन्द्व सडकसम्म पुगेको छ । ठुला उध्योगहरूले विध्युत वक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना बढ्दै गएको भन्दै युवाहरूले सचेत गराएका छन् । डेडिकेटेड फिडरबाट लाइन लिने २४० ग्राहकमध्ये अस्पताल लगायतका ५६ ग्राहकलाई छुट दिइएको थियो । 
अन्य ठुला उद्योगलाई भने प्राधिकरणले छुट दिनुपर्ने आधार र कारण नभएको भनी बुझाउन ताकेता गरेको थियो । डेडिकेटेड फिडर तर्फ बिलिङ भएको रकम ९ अर्ब ६ करोड ४४ लाख २ हजार ५९२ रुपैयाँ थियो । उक्त रकममध्ये ५ अर्ब ५९ करोड ८७ लाख ५६ हजार ६४५ बुझाएको र ३ अर्ब ४१ करोड ७४ लाख ८४ हजार ८० रुपैयाँ बक्यौता थियो ।
 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्