टिचिङ हस्पिटलको छैटौं तलाबाट हाम फालेका युवकको मृत्यु
काठमाडौ - टिचिङ हस्पिटलस्थित मनमोहन कार्डियो थेरसिस नयाँ भवनको छैटौं तलाबाट हाम फाली एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोकर्णेश्वर ४ बस्ने वर्ष २१ को स्वरूपराज आचार्य रहेका छन् । आचार्यले शनिबार दिउँसो करिब ३ बजे भवनको छैटौं तलामा रहेको एस क्याफेको छतको रेलिङ बाट हाम फालेका थिए ।
हाम फालेर गम्भीर घाइते भएका आचार्यको इमरजेन्सीमा भर्ना गरेर उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१ १८:१८
प्रतिक्रिया दिनुहोस्