Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्थायित्व खोज्ने भए कार्यकारी राष्ट्रपतिमा जान काँग्रेस र एमालेलाई माओवादीको प्रस्ताव

शनिबार, साउन २६, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिको एजेन्डालाई अघि सार्ने भएको छ ।

जारी स्थायी कमिटीको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प नभएको संस्थागत धारणा भएको बताए । उनले भने, ‘कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग छौँ । हामीले हिजो नोट अफ डिसेन्ट पनि लेखेका थियौँ । अहिले हामीले संस्थागत रूपमा पनि उठाएका छौँ । यहाँ अस्थिरताको कुरा गरिँदै छ । काँग्रेस र एमालेले स्थायित्व नै चाहेको हो भने पाँच वर्षसम्म महाअभियोगको कुरा त हुन्छ, तर राष्ट्रपति फेरिँदैन । त्यसले मात्रै स्थायित्व दिनसक्छ ।’

प्रवक्ता सापकोटाले अध्यक्ष प्रचण्डले पनि यही कुरा राखेको भन्दै यही आधिकारिक र पार्टीको संस्थागत निर्णय भएको बताए ।

उनले प्रदेशमा मुख्यमन्त्री पनि प्रत्यक्ष कार्यकारी हुने विषयमा भने पार्टीमा छलफल नभएको बताए ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्