Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजेन्द्र लिङ्देन अष्ट्रेलिया जाने

शनिबार, साउन २६, २०८१

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अष्ट्रेलियाको मेलबर्न जाने भएका छन् । राप्रपाको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पाँचौँ अधिवेशनका लागि एक सातापछि उनी जाने भएका हुन् ।

प्रवासी नेपाली एकता समाज भिक्टोरियाका अध्यक्ष सुन्दर कार्कीका अनुसार अगष्ट १७ मा ईस्टोनियन हालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । लिङ्देनले त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् ।


लिङ्देनसँगै राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला पनि जाने तय भएको छ । मेलबर्नपछि एडिलेडमा एक कार्यक्रममा सहभागी भएर लिङ्देन सिड्नीमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् ।

प्रवासी एकता समाजमध्ये अष्ट्रेलियाको संस्था राप्रपाको बलियो संस्था मानिन्छ ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २२:०७
प्रतिक्रिया दिनुहोस्