ओलम्पिक महिला फुटबलको स्वर्ण अमेरिकालाई
काठमाडौं - अमेरिकाले फ्रान्समा जारी ओलम्पिकमा महिला फुटबलतर्फको स्वर्ण पदक जितेको छ ।
बलियो प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले हराउँदै अमेरिकाले महिला फुटबलको स्वर्ण जितेको हो। यसअघि पुरूषतर्फ फुटबलको स्वर्ण फ्रान्सलाई हराउँदै स्पेनले जितिसकेको छ ।
फुटबलको पदक छिनोफानोसँगै अब पेरिस ओलम्पिक समापनतिर अघि बढ्ने छ ।
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१ २३:३०
प्रतिक्रिया दिनुहोस्