Nic Ad Nic Ad
Nic Ad Nic Ad

रहेनन् गायक प्रकाश तिमिल्सिना

आइतबार, साउन २७, २०८१

काठमाडौँ- गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। उनी शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।

तिमिल्सीनाको शव आइतबार बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए । प्रकाशको अन्तिम संस्कार आज (आइतबार) बिहान पशुपति आर्यघाटमा गरिने बताइएको छ।


गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ…’लगायत दर्जनौं गीत लोकप्रिय छन् ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्