Nic Ad Nic Ad
Nic Ad Nic Ad

६ केजी चरेससहित दुई भारतीय नागरिक पक्राउ

आइतबार, साउन २७, २०८१

हेटौंडा - मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा चरेस ५ केजी चरेसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार सितामाढीका ४५ वर्षीय सुधिर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरीलाई इलाका प्रहरी कार्यालय पालुङले उनीहरुलाई चरेससहित पक्राउ गरेको हो ।


मकवानपुरको कैलाश गाउँपालिकाको गल्छीबाट हेटौंडातर्फ गइरहेको यात्रुवाहक बसलाई थाहा नगरपालिका–३ शिखरकोटमा प्रहरीले रोकेर खानतलासी गर्ने क्रममा चरेस फेला पारेको हो । सिंह र चौधरीले तिघ्रामा बाँधेर चरेस ल्याएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा लागुऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५०जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको छ भने १३ केजी अफिम, ७८ ग्राम खैरो हिरोइन र १ सय ५ केजी चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्